१५ दिन पनि नबित्दै आयल निगमले फेरि बढायो पेट्रोल डिजलको भाउ, प्रति लिटर एक रुपैयाँ बढ्यो



बिजमाण्डू
२०७७ साउन ३२ गते १७:५७ | Aug 16, 2020
१५ दिन पनि नबित्दै आयल निगमले फेरि बढायो पेट्रोल डिजलको भाउ, प्रति लिटर एक रुपैयाँ बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।

निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एक/एक रुपैयाँ बढाएको हो।

अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ।

गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।

अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने चलाएको छैन।