केयुले उद्यमशीलता प्रतियोगिता गर्ने, १२ करोड रुपैयाँको पुरस्कारमा सहभागी हुन पाइने



बिजमाण्डू
२०७७ साउन ३० गते १६:२९ | Aug 14, 2020
केयुले उद्यमशीलता प्रतियोगिता गर्ने, १२ करोड रुपैयाँको पुरस्कारमा सहभागी हुन पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं विश्वविद्यालय(केयु) केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती हल्ट प्रतियोगिता गर्ने भएको छ। यो प्रतियोगितालाई विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा पनि हेरिन्छ।

प्रतियोगिताका लागि क्याम्पसका निर्देशक अविनाश सिलवालको नेतृत्वमा २० सदस्यीय समिति गठन गरिएको छ। सिलवालले कोभिड-१९ महामारीका बीच पनि प्रतियोगिताको तयारी भइरहेको बताए। विश्वविद्यालयले २०१६देखि यो प्रतियोगिता गर्दै आएको छ। सन् २०१८ र २०१९मा ५६ जना सहभागी भएका थिए।

 यो प्रतियोगिता एउटा खुला प्लेटफर्म हो,यसमा नेटवर्क र व्यापारलाई अघि बढाउन आइडिया दिन्छ। यो प्रतियोगितामा सहभागी भएका धेरैले राम्रो व्यवसाय समेत संचालन गरिसकेका छन्। यो प्रतियोगितामा हल्ट अवार्डको निर्णायकमण्डलमा महावीर पुन, दीपेशदास श्रेष्ठ, सुमन शाक्य र निकिता आचार्य छन्।

यो प्रतियोगिताका विजेताले १० लाख डलर(१२ करोड रुपैयाँ)को ग्लोबल स्टार्टअप पुरस्कारमा सहभागी हुन पाउनेछ। प्रतियोगिताले १० लाख भन्दा बढी विद्यार्थीलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न अवसर प्रदान गर्ने दाबी छ।