पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा २८०० बढ्दा चाँदी ६० रुपैयाँ महँगियो



बिजमाण्डू
२०८२ मंसिर ३ गते ११:२३ | Nov 19, 2025
पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा २८०० बढ्दा चाँदी ६० रुपैयाँ महँगियो

काठमाडौं। सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ ले बढेको छ।

बुधबार सुनको मूल्य प्रति तोला २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। मंगलबार ३ हजार ८०० रुपैयाँले घट्दै सुनको मूल्य प्रति तोला २ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो।

सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रति तोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी ६० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको हो।

चाँदी मंगलबार तोलामा ६५ रुपैयाँले घटेर प्रति तोला ३ हजार ९० रुपैयाँमा आइपुगेको थियो। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रति तोला ३ हजार १५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ४ हजार ९५.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति औँस ५१.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।