काठमाडौं। साताको पहिलो दिन फराकिलो अंकले घटेको सुनको भाउ सोमबार पुनः बढेको छ। सुनसँगै चाँदी पनि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ५ सय र चाँदी २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबारका तुलनामा ६ हजार ९ सय रुपैयाँले घट्दा आइतबार कारोबार मूल्य प्रति तोला २ लाख ४२ हजार ८ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्य सोमबार प्रति तोला ३ हजार १ सय ५५ रुपैयाँ भएको छ। शुक्रबारका तुलनामा आइतबार घटेर प्रति तोला ३ हजार १ सय ३५ रुपैयाँमा आइपुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४०६५.२३ डलर र चाँदी प्रतिऔंस ५०.८३ डलरले कारोबार भइरहेको छ।











