काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ४ हजार ९ सय रुपैयाँ बढेको छ। सँगै चाँदी पनि बढेको छ। सुनको कारोबार मूल्य मंगलबार प्रति तोला २ लाख ४६ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँ भएको थियो। साताको पहिलो दिनका तुलनामा सोमबार तोलामा २ हजार ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। आइतबार तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँ थियो।
गत शुक्रबारका तुलनामा आइतबार तोलामा २ सय रुपैयाँ बढेको थियो। यो साता तीन दिनमा सुन तोलामा ७ हजार ८ सय रुपैयाँ बढिसकेको छ।
चाँदी प्रति तोला ३ हजार १ सय ७० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १०५ रुपैयाँ बढेको हो। साताको पहिलो दिनका तुलनामा ५० रुपैयाँको बढोत्तरीसँगै सोमबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँ भएको थियो। त्यसअघि गत शुक्रबार तोलाको ३ हजार २० रुपैयाँ थियो।
विश्व बजारमा केही समयको गिरावटपछि सुनको मूल्य पुनः उच्च बिन्दुतर्फ उक्लिएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४१३२.७३ डलर पुगेको छ भने चाँदी ५०.८६ डलर भएको छ। सोमबार सुन प्रति औंस ४०५१.११ डलर र चाँदी प्रति औंस ४९.२१ डलरले कारोबार भएको थियो।











