सुनको मूल्य प्रति तोला ६०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, प्रति तोला भाउ कति?



बिजमाण्डू
२०८२ कात्तिक २१ गते ११:२० | Nov 7, 2025
सुनको मूल्य प्रति तोला ६०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, प्रति तोला भाउ कति?

काठमाडौं। सुनको मूल्य बढेको छ। सुन शुक्रबार प्रति तोला ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रति तोला २ लाख ३८ हजार ४०० रुपैयाँ निर्धारण भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

सुन बिहीबार पनि तोलामा ६०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य प्रति तोला १० रुपैयाँ बढेको छ। शुक्रबार चाँदीको भाउ प्रति तोला ३ हजार २० रुपैयाँ पुगेको छ। चाँदी बिहीबार प्रति तोला २० रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबा प्रति औंस ३९९६.६ डलर र चाँदीको मूल्य प्रति औंस ४८.४९ डलर छ। यो मूल्य क्रमश: ३९८६.८५ डलर र ४८.२९ डलर थियो।