एनएमबि बैंकको नाफा २०.०४ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड



बिजमाण्डू
२०८२ कात्तिक २१ गते ०७:०९ | Nov 7, 2025
एनएमबि बैंकको नाफा २०.०४ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड

काठमाडौं। एनएमबि बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म बैंकको खुद नाफा २०.०४ प्रतिशतले घटेर ९१ करोड ५९ लाख रुपैयाँमा सीमित भएको हो।

Tata
GBIME
Nepal Life

पोहोर सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि नोक्सानी बढ्दा यस पटक नाफा घट्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेको छ।

बैंकको ऋण असुली प्रभावित हुँदा कर्जा नोक्सानी बढेर ७१ करोड ३९ लाख रुपैयाँ छ। पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ छ।

नाफासँगै बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ। बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ।

असोज मसान्तसम्ममा बैंकको प्रति सेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा छ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।