फाइनान्सले उचाल्यो बजार, नेप्से १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा, ४ अर्ब ६८ करोडको किनबेच



बिजमाण्डू
२०८२ कात्तिक १९ गते १५:२० | Nov 5, 2025
फाइनान्सले उचाल्यो बजार, नेप्से १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा, ४ अर्ब ६८ करोडको किनबेच

काठमाडौं। कारोबार खुलेदेखि उचारचढाव देखिएको सेयर बजार अन्तिममा दोहोरो अंक उकालो लागेर बन्द भएको छ। नेप्से परिसूचक बुधबार १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा आएको छ। ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। फाइनान्सको सूचक उचालिएको छ।

फाइनान्सको सेयर मूल्य ३.४१ प्रतिशतले उकालो लागेको छ। बजारमा १४९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। माबिलुङ इनर्जी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सेयरमूल्य घटेका ९० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। फर्स्ट माइक्रो फाइनान्सको सेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ। बजारमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

युनियन हाइड्रोपावरको सर्वाधिक ३८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, हिमालयन डिष्टिलरीको ३२ करोड ५५ लाख रुपैयाँ र राधि विद्युतको ३१ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।