मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सहयोग

बिजमाण्डू
२०७७ असार १५ गते १५:४८ | Jun 29, 2020


काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ ।

Tata
GBIME

बैंकको शाखाकार्यालय जनकपुरले चिकित्सक संघ  जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।

यसैगरी बैंकको बुटवल शाखाले सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गा देवीआधारभूत विद्यालयका बिपन्न बिद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

यस्तै रामापुर कोलोनी शाखाले मुर्गिया खानेपानी उपभोक्तातथा सरसफाई संस्थालाई टोल सफा राख्नकालागि डस्टवीन हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

 बैंकको  क्षेत्रिय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणकालागि  २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माणगर्नकालागि सहयोग गरेको जनाएको छ ।