राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ९० अर्ब तान्दै, साँवा ब्याज मंसिर २१ गते भुक्तानी गर्ने



बिजमाण्डू
२०८२ कात्तिक ९ गते १३:११ | Oct 26, 2025
राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ९० अर्ब तान्दै, साँवा ब्याज मंसिर २१ गते भुक्तानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलनमार्फत ९० अर्ब रुपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकले ४२ दिनका लागि पैसा तान्न लागेको हो। यसका लागि बैंक तथा ‍वित्तीय संस्थाहरूसँग प्रस्ताव मागिएको छ।

बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिष्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन्।

न्यूनतम १० करोड रुपैयाँ लगानीका लागि प्रस्ताव गर्नुपर्नेछ। ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बैंकहरूले मंसिर २१ गते साँवा र ब्याज भुक्तानी पाउनेछन्।

ऋणको माग सुस्त भएर बैंकहरुमा रकम थुप्रिएपछि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर तरलता प्रशोचन गर्दै आएको छ। अहिले ब्याजदर करिडोरको तल्लो सीमा २.८५ प्रतिशत छ।