राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न आयोगले दियो पूर्वस्वीकृति



बिजमाण्डू
२०८२ कात्तिक ९ गते १०:५६ | Oct 26, 2025
राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न आयोगले दियो पूर्वस्वीकृति

काठमाडौं। विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।

Tata
GBIME
Nepal Life

आयोगले कम्पनीलाई चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो।

कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिनेछ। सेबोनले अनुमति दिएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ।