काठमाडौं। विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
आयोगले कम्पनीलाई चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो।
कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिनेछ। सेबोनले अनुमति दिएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ।