सुन तोलाको २ लाख ३८ हजार पुग्यो, चार दिनमा झण्डै १५ हजार रुपैयाँको बढोत्तरी



बिजमाण्डू
२०८२ असोज २२ गते ११:३४ | Oct 8, 2025
सुन तोलाको २ लाख ३८ हजार पुग्यो, चार दिनमा झण्डै १५ हजार रुपैयाँको बढोत्तरी

काठमाडौं। सुनको मूल्य बढेर प्रति तोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले बढेर कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार प्रति तोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चार दिनमा सुनको मूल्य तोलामा १४ हजार ८ सय रुपैयाँले महँगिएको छ।

चाँदीको मूल्य भने बुधबार घटेको छ। मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ घट्दै प्रति तोला २ हजार ९ सय ५५ रुपैयाँ भएको हो। सोमबार र मंगलबार प्रति तोला २ हजार ९ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ४०२८.९५ डलर पुगेको छ। चाँदी प्रतिऔंस ४८.७६ डलर छ। मंगलबार सुन प्रति औंस ३९७६.२८ डलर थियो।