सिजनमै घट्यो पर्यटक आगमन, सेप्टेम्बरमा नेपाल आउने विदेशीको संख्या जम्मा ७८ हजार ७११



बिजमाण्डू
२०८२ असोज २१ गते १५:४७ | Oct 7, 2025
सिजनमै घट्यो पर्यटक आगमन, सेप्टेम्बरमा नेपाल आउने विदेशीको संख्या जम्मा ७८ हजार ७११


काठमाडौं। मुख्य सिजनमा नेपालमा विदेशी पर्यटकको संख्या घटेको छ। यो वर्ष सेप्टेम्बरमा हवाई मार्ग हुँदै जम्मा ७८ हजार ७११ विदेशी पर्यटक आएका छन्।

Tata
GBIME
Nepal Life

यो संख्या पोहोर सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशत कम हो। पोहोर सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक आएका थिए।

यसपालि सेप्टेम्बर महिना सुरु भएको एक सातापछि भएको जेनजी आन्दोलनका कारण कतिपय पर्यटकले नेपाल आउने बुकिङ रद्द गराएका थिए।

नेपाल पर्यटन बोर्डका सेप्टेम्बरमा आएका पर्यटकमध्ये १९.८ प्रतिशत अर्थात १५ हजार ५५६ जना भारतीय हुन्। यस्तै अमेरिकाबाट ९ हजार ६७९, अष्ट्रेलियबाट ६ हजार ८२४, चीनबाट ५ हजार २३७ र बेलायतबाट ४ हजार ९८१ पर्यटक आएका छन्।

क्षेत्रगत रुपमा सार्क मुलकबाट २४ हजार २५८, एसियाका अन्य मुलुकबाट १२ हजार ५२३, युरोपबाट १६ हजार ५९७, अमेरिकाबाट ११ हजार ५२३ र आसनियाबाट ७ हजार ३१४ पर्यटक आएका छन्।