काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको मानवीय र भौतिक क्षति प्रति चिन्तित तुल्याएको बताएका छन्।
आज एक्समा लेख्दै उनले विपदको समयमा भारत नेपाल सरकारको साथमा रहेको उल्लेख गरेका हुन्।
उनले विपद् प्रतिकार्य, राहत र उद्धारका लागि कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको पनि बताएका छन्।










