काठमाडौं । सरकारले निर्माणाधीन ठूला आयोजनालाई बजेट अभाव हुन नदिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारले फजुल खर्च कटाएर भए पनि निर्माणाधीन ठूला आयोजना र रुपान्तरणकारी आयोजनालाई बजेट अभाव हुन नदिइने बताइन्।
उनले आगामी वर्ष आधुनिक प्रविधिसहित रेल, सडक, सुरुङमार्ग, विमानस्थल र खानेपानी लगायतका ठूला पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताएकी छन्।
अहिले २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् भने १८ वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको छ।











