BIZMANDU
www.bizmandu.com

२०७७/०७८ को नीति तथा कार्यक्रम: फजुल खर्च कटाएर ठूला आयोजनालाई बजेट अभाव हुन नदिइने

२०७७ जेठ २

२०७७/०७८ को नीति तथा कार्यक्रम: फजुल खर्च कटाएर ठूला आयोजनालाई बजेट अभाव हुन नदिइने
२०७७/०७८ को नीति तथा कार्यक्रम: फजुल खर्च कटाएर ठूला आयोजनालाई बजेट अभाव हुन नदिइने

काठमाडौं । सरकारले निर्माणाधीन ठूला आयोजनालाई बजेट अभाव हुन नदिने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारले फजुल खर्च कटाएर भए पनि निर्माणाधीन ठूला आयोजना र रुपान्तरणकारी आयोजनालाई बजेट अभाव हुन नदिइने बताइन्।

उनले आगामी वर्ष आधुनिक प्रविधिसहित रेल, सडक, सुरुङमार्ग, विमानस्थल र खानेपानी लगायतका ठूला पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताएकी छन्।

अहिले २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् भने १८ वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको छ।