काठमाडौं । देशभर अहिले दसैंको रमझम छ। नवरात्रको बेला मानिसहरु विभिन्न शक्तिपीठ पुगिरहेका छन्।
हेटौंडामा रहेको भुटनदेवी मन्दिर परिसरमा पनि अहिले मानिसको भिड लाग्ने गरेको छ। नवरात्र महोत्सव अन्तर्गत त्यस क्षेत्रमा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ।
भोलि फूलपातीदेखि दसैं बिदा हुने भएकोले आजबाट काठमाडौं बाहिरिनेको संख्या बढ्दो छ।

















