काठमाडौं । विश्व पर्यटन दिवस २०२५ को उपलक्ष्यमा आजदेखि हनुमानढोका दरबार क्षेत्रमा फोटो प्रदर्शन सुरु भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आजदेखि इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको हो। पूर्व कुमारी मतिना शाक्यले आज प्रदर्शनको उद्घाटन गरेकी हुन्।
असोज ९ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ११ गतेसम्म संचालन हुनेछ।

















