BIZMANDU
www.bizmandu.com

वसन्तपुरमा इन्द्रजात्राको तस्विर प्रदर्शनी सुरु, शनिबारसम्म संचालन हुने

२०८२ असोज ९

वसन्तपुरमा इन्द्रजात्राको तस्विर प्रदर्शनी सुरु, शनिबारसम्म संचालन हुने
वसन्तपुरमा इन्द्रजात्राको तस्विर प्रदर्शनी सुरु, शनिबारसम्म संचालन हुने

काठमाडौं । विश्व पर्यटन दिवस २०२५ को उपलक्ष्यमा आजदेखि हनुमानढोका दरबार क्षेत्रमा फोटो प्रदर्शन सुरु भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आजदेखि इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको हो। पूर्व कुमारी मतिना शाक्यले आज प्रदर्शनको उद्घाटन गरेकी हुन्।

असोज ९ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ११ गतेसम्म संचालन हुनेछ।