पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारले गर्‍यो आह्वान, राष्ट्रिय वाणिज्य बैंकमा खाता



बिजमाण्डू
२०८२ असोज ८ गते १८:०४ | Sep 24, 2025
पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारले गर्‍यो आह्वान, राष्ट्रिय वाणिज्य बैंकमा खाता

काठमाडौं। सरकारले जेनजीको आन्दोलनमा क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सहयोगका लागि आह्वान गरेको हो।

Tata
GBIME
Nepal Life

कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ। अर्थ मन्त्रालयले कोषमा सहयोग गर्न तिनै तहका सरकार, निजी क्षेत्र, स्वदेशी विदेशी नागरिक, गैर आवासीय नेपाली, विकास साझेदार, मित्र राष्ट्र लगायतलाई आग्रह गरेको छ।

कोषमा आर्थिक सहयोग गर्नेको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने मन्त्रालयले जनाएको छ।