बैंककको व्यस्त सडक एकाएक भासियो, आसपासको संरचना खाली गराइयो



बिजमाण्डू
२०८२ असोज ८ गते १७:१७ | Sep 24, 2025
बैंककको व्यस्त सडक एकाएक भासियो, आसपासको संरचना खाली गराइयो
Photo : AFP

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककको व्यस्त सडक आज भासिएको छ।  

Tata
GBIME
Nepal Life

सडकमा देखिएको खाल्डो करिब ६० मिटर गहिरो रहेको जनाइएको छ। केहीले भने खाल्डो अझै ठूलो रहेको र १०० मिटर भन्दा ठूलो हुन सक्ने बताएका छन्।

भिजिर अस्पताल नजिकै देखिएको खाल्डले त्यहाँको ट्राफिक व्यवस्थापनसँगै बिजुली, पानी लगायतका सेवा पनि अवरुद्ध पारेको छ। खाल्डो आसपासका भवनहरूबाट मानिसहरूलाई निकालिएको छ।

hoto by Chanakarn Laosarakham / AFP

अहिले सडक भासिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। केही गाडीहरु खाल्डोमा खसेको, विद्युतीय पोल ढलेको लगायतका दृश्य भिडियोमा देख्न सकिन्छ। यो घटना बिहान भएको र गाडीमा त्यसबेला कोही नरहेको जनाइएको छ।

सहरको मेट्रो प्रणाली विस्तारका लागि बनाइएको सुरुङभित्र पानीको पाइप फुटेर चुहावट भएकोले विशाल भ्वाङ्ग परेको अधिकारीहरुले बताएका छन्।

बैंककका गभर्नर चडचार्त सिटटीपन्टले सो घटनापछि सो क्षेत्रको पानी आपूर्ति बन्द गरिएको र आसपासका संरचनाहरू खाली गराइएको बताएका छन्।