मधेशका मुख्यमन्त्री सिंह अप्ठेरोमा, सरकारबाट बाहिरिने कांग्रेसको निर्णय



बिजमाण्डू
२०८२ असोज ८ गते १६:२१ | Sep 24, 2025
मधेशका मुख्यमन्त्री सिंह अप्ठेरोमा, सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

काठमाडौं। मधेशमा मुख्यमन्त्री सतीशकुमार सिंह अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि सिंह अप्ठेरोमा परेका हुन्।

Tata
GBIME
Nepal Life

कांग्रेसको मधेश प्रदेश सभा संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेको छ। बुधबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले बताए।

‘हामीले सरकार छाड्ने निर्णय गरिसक्यौं। अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुँदैछ,’ सभापति यादवले भने।

कांग्रेस र एमालेको सहयोगमा मधेश सरकारको नेतृत्व अहिले जनमत पार्टीका सिंहले गरिरहेका छन्। मधेश सरकारमा कांग्रेसबाट ४ मन्त्री छन्।

१०७ सदस्यीय मधेश प्रदेशमा कांग्रेस २२ सदस्यसहित दोस्रो ठूलो दल हो। यहाँ एमालेका २५ सांसद छन्। मुख्यमन्त्रीको दल जनमतसँग १३ सांसद छन्। कांग्रेसको साथ नरहँदा सिंहसँग बहुमत रहँदैन।

जेनजीको विद्रोहका कारण केन्द्र सरकार ढलेपछि मुख्यमन्त्री सिंहले पदबार राजीनामा दिएको घोषणा गरेका थिए। पछि उनले राजीनामा फिर्ता लिएका थिए। यस विषयको विरोध गर्दै जनमतकै सांसदहरु प्रतिपक्षी बेन्चमा बस्न थालेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस नेताहरुले बताएका छन्।