दसैँ-तिहार अफर : भाटभटेनीमा किनमेल गर्दा टाटाको पन्च इभी जित्ने अवसर



बिजमाण्डू
२०८२ असोज ८ गते १४:११ | Sep 24, 2025
दसैँ-तिहार अफर : भाटभटेनीमा किनमेल गर्दा टाटाको पन्च इभी जित्ने अवसर

काठमाडौं। भाटभटेनीमा दसैँ, तिहार र छठका लागि किनमेल गर्दा टाटाको ‘पन्च इभी’ जित्न सकिने भएको छ। टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच यससम्बन्धमा सहकार्य भएको छ।

Tata
GBIME
Nepal Life

‘भाटभटेनीबाट किनमेल गरौं, टाटा पन्च ईभी जितौं’ भन्ने नारासहित आएको यो अफर पुसको १६ गतेसम्म लागु हुनेछ।

सिप्रदी ट्रेडिङका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले भाटभटेनीबाट कम्तीमा २५ सय रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेछ। खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता हुनेछ।

त्यसपछि भाटभटेनीले लक्की ड्रमार्फत एक जना विजेताको चयन गरी पन्च इभी उपहारस्वरूप प्रदान गर्ने भाटभटेनीले जानकारी दिएको छ।

दसैँ-तिहारको किनमेलको चटारोमा एकै ठाउँबाट आवश्यक सम्पूर्ण सामान किन्न सकिने र कार पनि जित्ने अवसर प्राप्त हुँदा ग्राहक समेत उत्साहित हुने अपेक्षा भाटभटेनीको छ।

साथै, नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले टाटाको पन्च इभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ। र, नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने बताइएको छ।