काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले भारतको जीएसटीले नेपालमा पार्ने प्रभावबारे छलफल गरेका छन्।
मन्त्री खनालले मंगलबार राजस्व चुहावट नियन्त्रण समितिको बैठक राखेर जीएसटीले नेपालको समग्र राजस्व प्रणालीमा पर्न सक्ने प्रभावबारे छलफल गरेका हुन्।
भारतले नयाँ जीएसटी सोमबारबाट लागू गरेको छ।
मन्त्री खनालले राजस्व प्रणालीमा संरचनागत सुधार र सदाचारयुक्त वातावरण निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए। उनले राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागमा सूचना संयन्त्र निर्माण गर्न निर्देशन दिएका छन्।
बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र बनाउने सहमति भएको छ।











