सेयर कारोबार ४२.१७ प्रतिशतले घट्यो, दुई महिनामा ३ खर्ब ८६ अर्ब रुपैयाँको किनबेच



बिजमाण्डू
२०८२ असोज ७ गते १६:११ | Sep 23, 2025
सेयर कारोबार ४२.१७ प्रतिशतले घट्यो, दुई महिनामा ३ खर्ब ८६ अर्ब रुपैयाँको किनबेच

काठमाडौं। सेयर कारोबार ४२.१७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष दुई महिनामा ३ खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम पोहोरको सोही अवधिको तुलनामा ४२.१७ प्रतिशत कम हो।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्ष दुई महिनामा ६ खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। यो वर्ष साउन दोस्रो सातासम्म उकालो लागेको बजार त्यसपछि निरन्तर ओरालो लाग्नाले कारोबार पनि घटेको थियो। त्यस्तै जेनजीको आन्दोलनका कारण भदौ २३ पछि एक साता सेयर बजार नै बन्द भएको थियो।

सेयर कारोबार रु १० लाखमा

सेक्टर२०८१ भदौ२०८२ भदौ फरक %
होटल तथा पर्यटन१५८६४.२८८१३३.४-४८.७३
उत्पादन तथा प्रशोधन३३७४६.४८२९७९८.८१-११.७
विकास बैंक४८०३१.४५३४४८२.७९-२८.२१
वाणिज्य बैंक८१८२०.९६३७८८४.४६-५३.७
माइक्रोफाइनान्स४७२२७.४९३६७१७.०६-२२.२५
निर्जीवन बीमा कम्पनी३२०५०.२५८०९७.२-७४.७४
फाइनान्स६७६६४.९२१०६०३.९७-८४.३३
हाइड्रोपावर२०३३९४.२६१४००२५.८६-३१.१६
इन्भेष्टमेन्ट४८३९२.५५२०२५८.४५-५८.१४
ट्रेडिङ२२२०.०९६४३.६९-७१.०१
जीवन बीमा कम्पनी४१८००.८४१२९५७.०९-६९
अन्य३७०८१.१२३९५३९.२१६.६३
कुल कारोबार६६८७७३.५७३८६७४२.११-४२.१७
स्रोत : नेप्से

अन्य बाहेकका उपसमूहको कारोबार घटेको छ। फाइनान्स कम्पनीको कारोबार सर्वाधिक ८४.३३ प्रतिशत घटेको छ। दुई महिनामा फाइनान्स कम्पनीको १० अर्ब ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

हाइड्रोपावरको सबैभन्दा धेरै १ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।