वैदेशिक लगानी भित्र्याउनका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्छ : ज्ञवाली



बिजमाण्डू
२०८२ असोज ७ गते १२:५० | Sep 23, 2025
वैदेशिक लगानी भित्र्याउनका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्छ : ज्ञवाली

 काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले अब पुनर्निर्माणभन्दा आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रको मनोबल उकासेर काम गर्दा लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए।

Tata
GBIME
Nepal Life

नाफिजले मंगलबार काठमाडौंमा गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अब भौतिक संरचना पुनर्निर्माण मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको उनले बताए।

भूकम्पपछिको पुनर्निर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको उनले सुनाए। उनले भूकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अब पनि आत्मबल बढाएर काम गर्नुपर्ने बताए।

‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकारात्मक अवस्थामा थियो। नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन्,’ ज्ञवाली भन्छन्, ‘अब निजी क्षेत्रको विश्वास जितेर जान सक्दा छिटो नै अर्थतन्त्रको पुनरुत्थान हुन सक्छ।’

सरकारले आर्थिक क्षेत्रसँग जोडर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए।

‘आशा केन्द्रसँग, समाधान स्थानीय तहबाट’

ज्ञवालीले प्रदेश र स्थानीय सरकारमार्फत धेरै काम गर्न सकिने बताए। ‘संघ सरकारसँग मात्रै मुख ताक्दा युवाले खोजेका सबै सेवा सहजै पाउँदैनन्। स्थानीय तहबाट कार्यान्वयन हुने विषय त्यहीँबाटै हुनुपर्छ,’ उनले भने।

उनले वैदेशिक लगानी भित्र्याउनका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने बताए।

‘लगानी बोर्डका लामो समयदेखि वन स्टप सर्भिस सेन्टर प्रणाली छ। तर, त्यसको कार्यान्वयन राम्रोसँग हुन नसकेकामा अध्यादेशबाट कानुन संसोधन गरी कर्मचारीलाई अधिकारसहितको जिम्मेवारी दिइएको छ। अब कार्यविधि बनाएर त्यसलाई छिटो कार्यन्वयन गछौं,’ उनले भने।

सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन नसकेको उनको बुझाइ छ।