काठमाडौं । सुनको भाउले आज ऐतिहासिक रेकर्ड तोडेको छ। मंगलबार एकै दिन भारी अंकले बढेर सुन प्रति तोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा ७०० रुपैयाँ बढेर प्रति तोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी मंगलबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ६८० रुपैयाँ पुगेको छ। सोमबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च हुन पुगको छ। सुन प्रतिऔंस ३७४५.५३ डलर छ। चाँदी प्रतिऔंस ४३.९८ डलर पुगेको छ। सोमबार सुन प्रतिऔंस ३६९१.५६ डलर र चाँदी प्रतिऔंस ४३.५२ डलर थियो।











