दसैं सुरु भएकै दिन घट्यो कुखुराको मासुको मूल्य, यस्तो छ भाउ ओरालो लाग्नुको कारण



बिजमाण्डू
२०८२ असोज ६ गते १४:५७ | Sep 22, 2025
दसैं सुरु भएकै दिन घट्यो कुखुराको मासुको मूल्य, यस्तो छ भाउ ओरालो लाग्नुको कारण

काठमाडौं। दसैं सुरु भएसँगै कुखुराको मासुको भाउ घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको छ।

Tata
GBIME
Nepal Life

संघका अनुसार जिउँदो कुखुराको भाउ केजीमा १० रुपैयाँ घटेको छ। अब प्रति केजी २७० रुपैयाँ कायम भएको भएको छ।
बजारमा मासुको मूल्य प्रति किलो १५ रुपैयाँ घटेको छ। प्रति केजी ३६० रुपैयाँमा किनबेच भइरहेको व्यवसायीहरुले बताएका छन्।

कुखुरा उत्पादन बढेको र मासुको खपत कम भएका कारण भाउ घट्न थालेको संघका सचिव देव गिरीले बताए। दसैं मनाउनका लागि उपत्यबाबाट बाहिरिनेको संख्या दिनहुँ बढिरहेको छ। उपभोक्ताको संख्या घटेका कारण मासुको खपत २० प्रतिशतसम्म घटेको छ।

त्यसो त दसैंको समयमा पोहोर परार पनि कुखुराको मासुको खपत घट्ने गरेको थियो।