काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले ध्वस्त भएको सर्वोच्च अदालतमा आज बिहानदेखि सरसफाइ थालिएको छ।
सर्वोच्चमा केही दिन अघि पनि यसरी नै सफा गरिएको थियो। कर्मचारीहरु मिलेर बचेँका सामानहरुलाई सुक्षित राखिएको थियो। आज पनि जलेका कक्षहरुबाट सर्वोच्चका कर्मचारीहरुले सोफा लगायतका सामानहरु निकालिरहेका छन्।

अहिले सर्वोच्चको पुरानो भवनबाट कार्य सम्पादन गर्न मिल्दैन। कुरा स्थानमा नै पाल राखेर न्याय सम्पादनको काम भइरहेको छ। यता भवन परिसरमा भने कर्मचारीहरु मिलेर सामान व्यवस्थापन गरिरहेका छन्।
सर्वोच्चमा जलाइएका गाडीहरु भने अहिले पनि त्यही परिसरमै रहेको छ।




















