सेयर लगानीकर्ताको मनोबल उकास्ने उपाय खोज्दै अर्थमन्त्री खनाल, गठन गरे कार्यदल



बिजमाण्डू
२०८२ असोज ३ गते १३:१३ | Sep 19, 2025
सेयर लगानीकर्ताको मनोबल उकास्ने उपाय खोज्दै अर्थमन्त्री खनाल, गठन गरे कार्यदल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सेयर लगानीकर्ताको मनोबल उकास्नका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शुक्रबार चार सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल सदस्य छन्।

अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलको सदस्यसचिव तोकिएका छन्।

कार्यदललाई पुँजी बजारमा देखिएका विसङ्गति र समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल उकास्न चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारबारे कार्ययोजना पेस गर्न पाँच दिन दिइएको छ।

जेनजीको आन्दोलका कारण भदौ २३ पछि बिहीबार खुलेको सेयर बजारमा १६० अंकको पहिरो गएको थियो। तीन वटा नेगेटिभ सर्किट लागेपछि बजार एक घण्टामै बन्द गर्नुपरेको थियो।