औजार र सवारीसाधनको पूजा गरेर मनाइयो विश्वकर्मा पूजा (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ असोज १ गते १५:५४ | Sep 17, 2025
औजार र सवारीसाधनको पूजा गरेर मनाइयो विश्वकर्मा पूजा (तस्विरहरु)

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा गरिँदैछ। आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको विधिपूर्वक पूजा गरिँदैछ।

Tata
GBIME
Nepal Life

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरिँदैछ। पूजा पश्चात विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यस्तै, आजको दिन सवारीसाधनको समेत पूजा गर्ने चलन छ।

बिहानैदेखि कलकारखाना, घर र कार्यालयमा गाडी पूजा गरिएको थियो।