कुलमानको निर्देशन आयो कार्यान्वयनमा, सिंहदरबारभित्र जलाइएका भवनमा रंग लगाउन सुरु



बिजमाण्डू
२०८२ असोज १ गते १३:३९ | Sep 17, 2025
कुलमानको निर्देशन आयो कार्यान्वयनमा, सिंहदरबारभित्र जलाइएका भवनमा रंग लगाउन सुरु

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा सिंहदरबारभित्र जलाइएका भवनमा रंग लगाउन सुरु गरिएको छ। त्यसको सुरुवात अर्थ मन्त्रालयबाट गरिएको छ।

Tata
GBIME
Nepal Life

शहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार आगजनीले क्षतिग्रस्त भएका संरचनाको अवलोकन गरी भित्री भाग बनाउन समय लागे पनि बाहिरी भागमा तत्कालै रंग लगाउन निर्देशन दिएका थिए।

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन लगायत मन्त्रालयमा आजगनी गरेको थियो।

अर्थ मन्त्रालयको भवन परिसरमा रहेका गाडीमा लगाइएको आगोका कारण कालो भएको थियो।