तहसनहस भयो बबरमहल : सडक विभागका अधिकांश संरचना ध्वस्त, १०० बढी सवारीसाधन जले



बिजमाण्डू
२०८२ भदौ ३१ गते ०८:४४ | Sep 16, 2025
तहसनहस भयो बबरमहल : सडक विभागका अधिकांश संरचना ध्वस्त, १०० बढी सवारीसाधन जले

काठमाडौं । बबरमहलमा रहेको सडक विभाग जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भयो। राणाकालीन दरबारलाई हालै केही महिनाअघिमात्रै पुनर्निर्माण गरेर संचालनमा ल्याइएको थियो।

Tata
GBIME
Nepal Life

तर, एक साता अघिको आन्दोलनका क्रममा यो महल तहसनहस बनाइयो। बबरमहलमा रहेको सडक विभागको महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा , वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरु, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरु, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरु क्षतिग्रस्त भएका छन्।

यस्तै, प्रशासन शाखा, उत्तर-दक्षीण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरु र आर्थिक प्रशासन शाखा पूर्ण रुपमा क्षति भएको छ।

पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुङ्गा सुरुङ्गमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरु, कानुन तथा विवाद व्यवस्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयको आंशिक क्षति भएको जनाइएको छ।

सडक विभागमा दुई पांग्रे करिब ७५-८० वटा, चार पांग्रे करिब ६५-७० वटा पूर्ण रुपमा क्षति भएको जनाइएको छ। सडक विभाग मातहतका कार्यालयमा दुई पांग्रे करिब ९-१२ वटा, चार पांग्रे करिब २५-३० वटा पूर्ण रुपमा क्षति भएको छ।

सडक विभाग मातहतका कार्यालयमा सडक डिभिजन भक्तपुर, दाङ, चंद्र्पुर, महेन्द्रनगर (धनगडी साइट अफिस) , हुलाकी आयोजना (धनगढी साइट अफिस) पनि पूर्ण रुपमा क्षति भएको देखिन्छ।