जेनजीको आन्दोलनपछि बन्द सेयर कारोबार बुधबारदेखि खुलाउने तयारी, नेप्सेको प्रस्ताव सेबोनमा



बिजमाण्डू
२०८२ भदौ ३० गते १६:४० | Sep 15, 2025
जेनजीको आन्दोलनपछि बन्द सेयर कारोबार बुधबारदेखि खुलाउने तयारी, नेप्सेको प्रस्ताव सेबोनमा

काठमाडौं। जेनजी आन्दोलनका कारण भदौ २४ देखि बन्द सेयर कारोबार नेपाल स्टक एक्सचेन्जले बुधबारदेखि खुलाउने तयारी गरेको छ। नेप्सेले बुधबारदेखि सेयर बजार खुलाउने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएको छ।

Tata
GBIME
Nepal Life

नेप्सेको प्रस्तावपछि सेबोनले मंगलबारकार लागि सञ्चालक समितिको बैठक तय गरेको छ। सञ्चालक समितिको बैठकबाट बुधबारदेखि कारोबार खुलाउन निर्देशन दिने तयारी रहेको सेबोनका कर्मचारीले बताएका छन्।

भदौ २३ जेनजीको आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि कर्फ्यू लगाइएको कारण देखाएर २४ गतेदेखि सेयर बजार बन्द गरिएको थियो। असोज २ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णयको चौतर्फी विरोध भएपछि नेप्सेले १ गतेदेखि कारोबार खुलाउन प्रस्ताव गरेको हो।

जेनजीको आन्दोलनले सत्ता राजनीतिमा नै उलटफेर हुनुका साथै शनिबारबाट जनजीवन सामान्य भइसकेको छ। त्यसैले सेबोनले यसअघिको निर्देशन पुनर्विचार गर्दै बुधबारदेखि सेयर कारोबार खुलाउन लागेको हो।