सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा १ सय बढ्दा चाँदी ५ रुपैयाँ महँगियो



बिजमाण्डू
२०८२ भदौ ३० गते ११:३९ | Sep 15, 2025
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा १ सय बढ्दा चाँदी ५ रुपैयाँ महँगियो

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख १५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

आइतबार सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रति तोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेर प्रति तोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बढ्दै गएको छ। सोमबार चाँदी तोलामा ७ रुपैयाँ बढेर प्रति तोला २ हजार ५७५ रुपैयाँ पुगेको छ।

आइतबार चाँदी प्रति तोला २ हजार ५७० रुपैयाँ थियो। शुक्रबार चाँदी प्रति तोला २ हजार ५६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको असर स्थानीय बजारमा परेको छ। सोमबार सुन बढेर प्रति औंस ३६४५.६४ डलर छ। आइतबार सुन प्रति औंस ३६४३.१ डलर थियो।

चाँदी पनि बढेर प्रति औंस ४३.२४ डलर छ। अघिल्लो दिन चाँदी प्रति औंस ४२ डलर थियो।