यी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान



बिजमाण्डू
२०८२ भदौ २६ गते ०७:१५ | Sep 11, 2025
यी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। देशभर आज साधारणतया मौसम बदली रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।

Tata
GBIME
Nepal Life

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी तराईका भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड र मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।