विराटनगरमा प्रदर्शन नियन्त्रण बाहिर, कोशी प्रदेश सभा लगायतका सरकारी भवनमा आगजनी



बिजमाण्डू
२०८२ भदौ २४ गते १४:२८ | Sep 9, 2025
विराटनगरमा प्रदर्शन नियन्त्रण बाहिर, कोशी प्रदेश सभा लगायतका सरकारी भवनमा आगजनी

विराटनगर। विराटनगरमा प्रदर्शन प्रहरीको नियन्त्रण बाहिर गएको छ। प्रदर्शनकारीहरूले कोशीको प्रदेश सभा लगायतका सरकारी भवन तथा नेताका निवासमा आगजनी गरेका छन्।

Tata
GBIME
Nepal Life

जेनजीले सोमबार गरेको आन्दोलनमा सरकारले गरेको दमनविरुद्ध देशभर प्रदर्शन चर्किएको छ। सोमबारको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको मृत्यु भएको थियो।

प्रदर्शनकारीहरूले बिहानैदेखि प्रधानमन्त्री, मन्त्री, दलका शीर्ष नेताका निवासहरूमा आगजनी गरिरहेका छन्।