काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
उनीहरुले मंगलबार प्रेस विज्ञप्ति निकालेर ओलीले अब नवीन राष्ट्रिय सहमतिका लागि तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गगन र विश्वले प्रधानमन्त्री ओलीकै कारण नागरिकमा थप असन्तुष्टि बढेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनीहरूले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवासँग आग्रह गर्दै अन्यथा अन्य प्रक्रियाबाट निर्णय लिने चेतावनी दिएका छन्।
सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।












