काठमाडौं । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जेनजी प्रदर्शनका क्रममा बालबालिकाविरुद्ध हिंसा भएकोप्रति चिन्ता व्यक्त गरेको छ।
युनिसेफले बालबालिकामाथि भएको बल प्रयोग अस्वीकार्य भएको भन्दै त्यसलाई तुरुन्त रोक्नुपर्ने जनाएको छ।
युनिसेफले नेपाललाई बालबालिकाको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको रूपमा स्मरण गराउँदै बालबालिकालाई भेला हुने र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने अधिकार रहेको उल्लेख गरेको छ।
यस्तै, नेपालका बालबालिकालाई युनिसेफको साथ रहेको भन्दै सबै सरोकारवालाहरूलाई उनीहरूको सुरक्षा र अधिकारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा बालबालिकासहित कयौं युवाहरु प्रहरी दमनमा मारिएका छन्।












