कर्फ्यूका बाबजुद जेनजी पुस्ताले रोकेन प्रदर्शन, राष्ट्रिय सभाको बैठक स्थगित



बिजमाण्डू
२०८२ भदौ २३ गते १३:४६ | Sep 8, 2025
कर्फ्यूका बाबजुद जेनजी पुस्ताले रोकेन प्रदर्शन, राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सभाको बैठक सोमबार अपराह्न सवा १ बजेका लागि बोलाइएकामा जेनजी प्रदर्शनकारी प्रहरीको सुरक्षा घेरा तोडेर संसद् भवन परिसरमा प्रवेश गरेपछि बैठक स्थगित गरिएको हो।

बैठक बुधबार अपराह्न सवा १ बजे बस्ने गरी स्थगित गरिएको छ।

स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू लगाए पनि जेनजीले त्यसलाई बेवास्ता गर्दै संसद् भवनलाई केन्द्रित गरी प्रदर्शन गरिरहेका छन्। उनीहरुले संसद भवनमा ढुंगामुढा समेत गरेका छन्।