कोरोना प्रकोपमाथि विकास बैंक संघको बैठक: एक महिना शुल्क नलिने, शुक्रबार बैंकर्स संघको बैठक

बिजमाण्डू
२०७६ चैत्र ६ गते १७:३९ | Mar 19, 2020


काठमाडौं। कोरोना भाइरसको प्रकोप रोक्न विकास बैंकहरुको छाता संगठनले ग्राहकलाई सुविधा दिने निर्णय गरेका छन्।

Tata
GBIME

सरकारले २५ जनाभन्दा भेला नहुन आग्रह गरेपछि संघले विद्युतीय भुक्तानी लगायतमा सुविधा दिने निर्णय गरेको हो। बैंकका ठूला शाखाहरुमा २५ जनाभन्दा बढि भेला हुन सक्ने अवस्था हुन्छ। उनीहरु तथा कर्मचारीको स्वास्थ्यलाई ख्याल गर्दै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्न आग्रह गर्ने भएको छ।

काउन्टरमा आएर कारोबार गर्नुभन्दा मोबाइल, पिओएस, इन्टरनेट वा एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने ब्यवस्था गर्ने निर्णय गरिएको संघका पुर्व अध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी कृष्णराज लामिछानेले बताए। संघले एक महिनासम्म शुल्क नलाग्ने निर्णय गरेको हो।

यता बाणिज्य बैंकहरुको छाता संगठनले पनि भोलि बिहान यससँग सम्बन्धित भएर बैठक डाकेको छ। बाणिज्य बैंकहरुले पनि शुल्क नलिने निर्णय गर्न लागेको छ।

बैंकर्स संघसँग मिलेर एकै पटक विकास बैंक संघले सुचना जारी गर्ने योजना बनाएको छ। काठमाडौंमा उपस्थित राष्ट्रियस्तरका विकास बैंकहरुका प्रमुख कार्यकारीले आज छलफल गरेका हुन्।