वसन्तपुरमा कुमारी पूजा, ५०४ जना बालिका सहभागी (तस्विरहरु)



बिजमाण्डू
२०८२ भदौ २० गते १२:५४ | Sep 5, 2025
वसन्तपुरमा कुमारी पूजा, ५०४ जना बालिका सहभागी (तस्विरहरु)

काठमाडौं । यँया: (इन्द्रजात्रा)को दोस्रो दिन आज वसन्तपुरमा कुमारीको रुपमा बालिकाहरुको पूजा गरिएको छ।

Tata
GBIME
Nepal Life

हरेक वर्षझैं यस वर्ष पनि इन्द्रजात्राको अवसरमा कुमारी पूजा आयोजना गरिएको हो। आज ५०४ जना कुमारीको पूजा गरिएको छ।

भदौ २१ गते ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ। 

भदौ २२ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २५ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।