एससीटीले सुरु गर्‍यो ३डीएस एक्सेस कन्ट्रोल सर्भर सेवा, ग्लोबल आइएमई र एनएमबीमा उपलब्ध



बिजमाण्डू
२०८२ भदौ १९ गते १२:२५ | Sep 4, 2025
एससीटीले सुरु गर्‍यो ३डीएस एक्सेस कन्ट्रोल सर्भर सेवा, ग्लोबल आइएमई र एनएमबीमा उपलब्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ३डीएस एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ।

Tata
GBIME
Nepal Life

एसीएस विश्वव्यापी थ्रीडी सेक्युर प्रोटोकलको महत्वपूर्ण अंग हो। यसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्ने जनाइएको छ। 

ग्लोबल आइएमई बैंक नेपालमा एससीटीको ३डीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक हो। त्यससँगै, एनएमबी बैंकमा पनि यो सेवा संचालन भइसकेकोफ छ। यी सहकार्यहरुमार्फत ग्लोबल आइएमई बैंक र एनएमबी बैंकका कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउने जनाइएको छ। 

एससीटीले सुरु गरेको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको कम्पनीको विश्वास छ। यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने जनाइएको छ।

यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने विश्वास कम्पनीको छ।