लुम्बिनी प्रदेश लगायत पहाडी भेग र तराईका केही स्थानमा पानी पर्ने पूर्वानुमान



बिजमाण्डू
२०८२ भदौ १८ गते ०७:०८ | Sep 3, 2025
लुम्बिनी प्रदेश लगायत पहाडी भेग र तराईका केही स्थानमा पानी पर्ने पूर्वानुमान

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेश लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, तराई र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।