आसामले नेपाल ‘ए’लाई दियो १ सय ९१ रनको लक्ष्य, आकाशले लिए ३ विकेट



बिजमाण्डू
२०८२ भदौ १२ गते १३:१७ | Aug 28, 2025
आसामले नेपाल ‘ए’लाई दियो १ सय ९१ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

काठमाडौं। नेपाल ‘ए’ टोलीले आसामबाट १ सय ९१ रनको लक्ष्य पाएको छ। भारतको गुवाटीमा जारी टी-२० सिरिजको पहिलो खेलमा आसाम स्टेट टिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको आसामका लागि कप्तान सुमित घडीगओनकारले सर्वाधिक ३४ रन बनाउँदा अविभन चौधरीले अविजित २६ रनको योगदान दिए।

आक्रामक ब्याटिङ गरेका चौधरीले ७ बल फेस गर्दा ४ वटामा छक्का प्रहार गरेका थिए। त्यस्तै, रोहित सेन र आकाश सेनगुप्ताले समान २४ रन बनाए।

बलिङतर्फ नेपालका आकाश चन्दले सर्वाधिक ३ विकेट लिँदा विवेक यादव र कमलसिंह ऐरीले समान २ विकेट लिए। त्यस्तै, मोहम्मद आदिल आलमले १ विकेट लिए।

नेपाल जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको छ।

आजै नेपाली सिनियर टोली साउथ अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको छ।