७० करोडको कमिसन डिल बाहिरिएपछि बाँस्कोटामाथि राजीनामाको दबाब, यसरी परे कर्पोरेट ट्रयापमा

बिजमाण्डू
२०७६ फागुन ८ गते १०:२२ | Feb 20, 2020


काठमाडौ। सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ। 

Tata
GBIME

सञ्चारमन्त्री बाँस्कोटाले आफूलाई नखाएको विष नलाग्ने प्रतिक्रिया दिइसकेका छन्। यद्यपि आज साँझ मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रम छ। 

पूर्वमाओवादी र कतिपय एमालेकै नेताहरुले पनि राजीनामा गर्नै पर्ने बताएका छन्। अहिले पुरानो अडियो अहिले सार्वजनिक भएको हो।

दुई कम्पनीको कर्पोरेट डिलमा बार्गेनिङ गर्दा बाँस्कोटा 'एक्सपोज' भएका हुन्। उनले सुरुमा स्वीस कम्पनीसँग डिल गर्ने भएका थिए। पछि जर्मनी कम्पनीसँग डिल गरेपछि स्वीस पक्ष रिसाएको थियो।

त्यसबेला स्वीस पक्षसँग भएको डिल र कमिसनको मोलमोलाइ हुँदा भएको अडियो अहिले सार्वजनिक भएको हो। घटनालाई गम्भीरतापूर्वक लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै बाँस्कोटालाई बर्खास्त गर्दै छानबिन गर्न माग गरेको छ।