काठमाडौं। चांगनको डिपल एस०७ गाडीमा बाइ ब्याक अफर ल्याइएको छ। डिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शोमा बिहिबार डिपल एस०७ गाडीमा बाइ ब्याक अफर ल्याएको हो।
अफर अन्तर्गत डिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म एमएडब्लूबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन्।
यसले डिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्रीको लाइफ’ र ‘रिसेल भ्यालु’को चिन्ताबाट मुक्त गर्ने एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले बताए।
दोस्रोदेखि पाँच वर्षसम्म डिपल एस०७ छोडेर एमएडब्लू वृद्धिका अरु गाडी खरिद गर्न चाहेमा ग्राहकले ‘ग्यारेन्टिड रिसेल भ्यालु’ पाउनेछन्।
कम्पनीले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात डिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजना उपभोग गर्न ग्राहकलाई आग्रह गरेको छ।
कम्पनीका अनुसार ग्राहकलाई पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पेरियोडिक मेन्टेनेन्स’, चार्जिङमा लाग्ने शुल्क र सडक कर नि:शुल्क हुनेछ।











