यामाहाका एमटी १५ र एफजेड भी ३ बाइक नयाँ रंगमा, मूल्य ५ लाख ५८ हजारसम्म



बिजमाण्डू
२०८२ भदौ ३ गते १७:४० | Aug 19, 2025
यामाहाका एमटी १५ र एफजेड भी ३ बाइक नयाँ रंगमा, मूल्य ५ लाख ५८ हजारसम्म

काठमाडौं। यामाहाका एमटी १५ र एफजेड भी ३ बाइक नयाँ रंगमा सार्वजनिक गरिएको छ।

Tata
GBIME
Nepal Life

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मंगलबार भृकुटीमण्डपमा सुरू भएको नाडा अटो शोमा एमटी १५ सेतो र ग्रे तथा एफजेड भी ३ सेतो रंगमा सार्वजनिक गरेको हो।

एमटी १५ को दुवै नयाँ रंगको मूल्य ५ लाख ५७ हजार ९०० र एफजेड भी ३ को मूल्य ४ लाख १२ हजार ९०० रूपैयाँ तोकिएको छ।

यी दुवै बाइकको मूल्य दुई दिनपछि क्रमशः ५ लाख ६९ हजार ९०० र ४ लाख १५ हजार ९०० हुने कम्पनीले जनाएको छ।