विकास हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य २९२.२९ रुपैयाँसम्म



बिजमाण्डू
२०८२ भदौ ३ गते १५:४७ | Aug 19, 2025
विकास हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य २९२.२९ रुपैयाँसम्म

काठमाडौं। विकास हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच मंगलबार आइपीओ सूचीकरण गर्ने सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

हाइड्रोपावरको ९० लाख ९१ हजार १३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले चुक्ता पुँजीको ४९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आइपीओ बिक्री गरेको थियो।

अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गरेको आइपीओ र संस्थाक सेयर नेप्सेमा सूचीकृत भएको छ। आइपीओ नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि ९७.४३ देखि २९२.२९ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको छ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य तोक्दै आएको छ।